बैतडी दुर्घटना अपडेट : एक जनाको मृत्युु

बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन् । दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम शाहीले बताए । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली– पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
सोमबार दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा टोली खटिएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले बताए । बस सडकबाट अन्दाजी डेढसय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकिन हुन बाँकी छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्रीको बचाउ
-
बर्सेनि बढ्दै चैते धानको आकर्षण
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन