अभिनय सिक्न मुम्बई पुगिन् नीति

काठमाडौँ । पूर्व मिस नेपाल नीति शाह यतिबेला मुम्बई पुगेकी छन् । अभिनय सिक्ने उदेश्यले उनी मुम्बई पुगेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएकी छन् । ‘अभिनय निखार्न, आफ्नो कौशल र आत्मविश्वासमा धेरै काम गर्नुपर्ने भएकाले अभिनयबारे थप सिक्न र जान्न मुम्बई आएको छु’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । सम्झौता गरेका फिल्महरु स्थगित भैरहँदा आफूले समय बर्बाद गरिरहेको महसुस भएको उनको धारणा छ ।
एक समय नीतिले धेरै फिल्मको अभिनय प्रस्ताव नकारिन् । अहिले उनी काम गर्न चाहन्छिन् तर अभिनय गर्ने भनेको फिल्मको काम अगाडि बढ्न सकिरहेको छैन । उनले सम्झौता गरेका सबै फिल्म केही न केही कारणले रोकिएको छ । नीतिले केही अगाडि अभिनय गर्ने भनेको फिल्म ‘हुतुतु’ अहिले बन्ने नबन्ने केही ठेगान छैन । त्यसपछि जोडिएको ‘एक्स ९’ को अवस्था पनि त्यस्तै हो ।
गत फागुनमा उनी तेस्रो फिल्मको रुपमा ‘कामिनो’ मा जोडिएकी थिइन् । केही हप्ता कार्यशालामा सहभागी भएपनि काम अगाडि नबढेकोले उनले फिल्मबाट हात झिकेकी छन् । फिल्म छाडेपछि उनी अहिले अभिनय सिक्नका लागि मुम्बईतिर हानिएकी छन् । त्यहाँ उनले अनुपम खेरको एक्टिङ स्कूलमा अभिनयको कोर्ष गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान