पुष्पलाल कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेता : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेता भएको बताएका छन् । सोमबार ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोह कार्यक्रममा बोल्दै नेपालले उनी कम्युनिस्ट आन्दोलनको सिद्धान्त, विचार र दस्तावेजलाई अघि सार्ने नेता भएको बताए ।
‘पुष्पलाल उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै काँग्रेस र कम्युनिस्ट दुवै नमिलेर पञ्चायत फाल्न सकिँदैन भन्ने निष्कर्ष निकाल्नु भयो । उहाँको कुरालाई जब निष्कर्षका साथ आत्मसाथ गर्यौँ । तब दुई ठुला वामपन्थी र दक्षिणपन्थी शक्तिहरू मिले । त्यसपछि ३० वर्षको निरङ्कुश पञ्चायतलाई फाल्न सक्यौँ,’ नेपालले भने, ‘उहाँलाई एक दूरदर्शी नेताको रूपमा लिन्छौँ । उहाँले कम्युनिस्ट आन्दोलनको सिद्धान्त विचार र दस्ताबेजहरू अघि सार्नुभयो । कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नुभयो ।’
पुष्पलाल एक उच्च व्यक्तित्व भएकोको उनी सधैँ जीवित रहने नेपालले बताए । पुष्पलाल राष्ट्रिय पुरस्कारबाट कमल कोइराला, बालचन्द्र विष्ट र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ