महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ
_SU5xfOUNvx.jpg)
जलेश्वर । महोत्तरी जिल्लामा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो ।
उनले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष अहिलेसम्म १० प्रतिशत धान मात्रै रोपाइँ भएको बताए । महोत्तरीमा धान खेतीयोग्य जग्गा ५० हजार हेक्टर रहेकामा बर्सेनि औसतमा ४५ हजार हेक्टर जग्गामा धान खेती हुँदै आएको छ तर यस वर्ष सो सङ्ख्या घट्ने अनुमान गरिइएको छ ।
जिल्लामा १२ महिना सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । किसानलाई चाहिएको बेला पानी परेको वर्षमा धान खेतीमा वृद्धि र समायमा पानी नपर्दा धान खेतीमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।
धानखेती प्रवर्द्धन गर्नका लागि पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले सक्रियता देखाएको कार्यालय प्रमुख डा.यादवले बताए ।
उनले जिल्लामा धानखेती प्रवद्र्धनका लागि कार्यालयबाट किसानको खेतीमा सिँचाइ पुर्याउने उद्देश्यले यसवर्ष १२० स्यालो ट्युवबेल जडान गर्न सम्झौता गरेको, ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको, बीउ भण्डारण र प्रशोधनको प्रबन्ध मिलाएको र किसानका लागि मिल तथा अन्य आवश्यक कृषि प्रयोजनको सामग्री उपलब्ध गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समलैङ्गिक दृश्यता दिवस सम्पन्न, अधिकार उपभोग गर्न नपाएको गुनासो
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री