शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा उपमहानगरपालिकाद्वारा किसानलाई कृषि उपकरण वितरण

सोमबार, २५ असार २०८०, १० : ००
सोमबार, २५ असार २०८०

बारा । जीतपुर सिमरा उपमहानगरले आर्थिक वर्षको अन्तमा कृषकहरूका लागि कृषि उपकरण वितरण सुरु गरेको छ । उपमहानगरले कृषि औजार तथा बिउ बिजन कार्यक्रम अन्तर्गत सूचना आह्वान गरेर किसानको आवश्यकताका आधारमा आइतबारदेखि उपकरण वितरण सुरु गरेको हो । 

कृषि ज्ञान केन्द्र सिमरा शाखा प्रमुख अनीश प्याकुरेलले किसानको आवश्यकता र मागका आधारमा कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।

 ‘हामीले ७ दिनको सूचना निकालेर किसानहरूको माग सङ्कलन गर्‍यौ, कसैले विषादी छर्ने यन्त्र, केही किसानले सिँचाइ मोटर,बिरुवामा पानी हाल्ने हजारी, कटिङ औजार माग गर्नुभयो त्यसैका आधारमा  हामीले सय जना किसानलाई कृषि सामग्री वितरण गरेका छौ,’ कृषि ज्ञान केन्द्रका प्रमुख प्याकुरेलले भने । 

आगामी आथिर्क वर्षको लागि उपमहानगरले सिँचाइमा ३ करोड बजेट विनियोजन गरेको छ । स्थानीय  तहले किसानहरूका लागि वाली उत्पादनमा धेरै लगानी गर्ने, अनुदानका कार्यक्रम सञ्चालन गरे पनि उत्पादनपछिको  वाली भण्डारण घर निर्माण, कोल्ड स्टोर निर्माणमा खासै लगानी हुन सकेको छैन । अधिकृत प्याकुरेलले जीतपुर सिमरालाई कृषि उन्नत बिउमा आत्मनिर्भर बनाउन पनि कार्यकमहरु सञ्चालन गरिरहेको बताए । 

उपमहानगरले अगामी आर्थिक वर्षको लागि कृषिमा ५ करोड ४१ लाख बजेट विनियोजन गरेको छ । जसमध्ये ३ करोड सिँचाइमा मात्रै छुट्याइएको हो ।

 उपमहानगर कृषि शाखा प्रमुख प्रभावतीदेवि पासवानले जितपुर सिमरा वडा नं १७, १८, १९ र २४ गरी ४ वडामा कृषि उत्पादनलाई धेरै फोकस गरिएको बताइ्न् ।

 ‘कृषिमा सबैभन्दा धेरै समस्या सिँचाइमा भएकोले अगामी आर्थिक वर्षको लागि सिँचाइका धेरै बजेट छुट्यााइएको हो, सिँचाइमा समस्या हुदा धेरै खेतीयोग्य जमिनहरू बाँझो छन्’ जीतपुर सिमरा उपमहानगरका २४ वटा वडा मध्ये वडा नं  १, २, ७, १५ सहर उन्मुख वडाहरू हुन् भने बाँकी वडाहरू कृषि तथा पशुपालनमा निर्भर छन्  ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप