दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।
पछिल्लो २४ घण्टामा उरुज्गान प्रान्तबाट लागुऔषधसहित ती व्यक्ति, पूर्वी खोस्त प्रान्तबाट थप तीन जना र परवान प्रान्तबाट एक जना लागु औषध तस्करलाई पक्राउ गरिएको कानीले बताए ।
प्रवक्ताले थप विवरण नदिइकन प्रहरीले पक्तिका र परवान प्रान्तमा लागुऔषध विरोधी अभियान अन्तर्गत २०० एकड अफिम पनि नष्ट गरेको बताए ।
अफगानिस्तानको राजधानी काबुल शहरमा पछिल्लो २४ घण्टामा लागू औषध ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, हेरात प्रान्तमा पछिल्लो एक सातामा करिब एक दर्जन लागुऔषध तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।
अफगानिस्तानको कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा जारी गरेको आदेशमा अफिमलगायत अवैध बालीको खेती, लागू औषध प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाइएको घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार