मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
![मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि](https://npcdn.ratopati.com/media/news/1-(1)_QmsX779NCG.jpg)
काठमाडौँ । मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मनास्लु ब्वाइज तथा आईएस गर्ल्समा च्याम्पियन बने ।
बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्यो ।
गल्र्सको उपाधि भिडन्तमा आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ ले हरायो । ब्वाइज/गल्र्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोस्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।
ब्वाइजमा मनास्लुका कोशिस भुजेल तथा गल्र्समा आईएसएकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीन दिने प्रतियोगिताको ब्वाइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ४ टिम सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता