बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
अपराध

उपभोक्ता समितिको साढे ६ लाख चोरेको आरोपमा वडाध्यक्ष विष्ट पक्राउ

आइतबार, २४ असार २०८०, १६ : ०८
आइतबार, २४ असार २०८०

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । 

विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले रातोपाटीलाई बताए । 

विष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको आरोपमा पक्राउ गरिएको डीएसपी शाहीले बताए ।

बिहीबार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको उजुरी प्रहरीमा परेको थियो ।  

वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ। बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन्।

उनीहरुले काम सिध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले रातोपाटीलाई बताइन् । वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए । 

उजुरीका आधारमा रातोपाटीमा प्रकाशित समाचारको विषयलाई लिएर वडाध्यक्ष विष्टले आफ्नो फेसबुक लाइभमा आएर धम्क्याउने काम गरेका थिए । 

गुरुङ र शाही शनिबार नै पक्राउ परेका छन् । उनीहरुले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकार समेत गरेका थिए ।  विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप