कैलालीमा ४४ जनाले लिए नयाँ ऐन अनुसार नागरिकता

धनगढी । सरकारले हालै जारी गरेको नयाँ नागरिकता ऐनअनुसार कैलालीमा ४४ जनाले नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बुवा आमाले जन्मको आधारमा लिएको नागरिकताको आधारमा तिनका सन्तानले नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासनको तथ्याङ्क अनुसार सुखडबाट १ जना महिला, टीकापुरबाट ४ जना महिला र १० पुरुष र धनगढीबाट ९ जना महिला र २० जना पुरुष गरी ४४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी असार ७ गते सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुनअनुसार नागरिकता वितरण भइरहेको हो ।
नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो । गत जेठ १७ गते राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा ठग्दै हिँडे, अनुसन्धान गरेर कारबाही गर्नुपर्छ - डा. भट्टराई
-
यस्तो छ चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’
-
सेलिब्रेटी र मोडलको एकसाथ क्याटवाकसँगै सकियो ‘आइइसी डिजाइनर रनवे’
-
यी हुन् तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादी (सूचीसहित)
-
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण शुल्क बढ्यो
-
एमाले महासचिवले एकीकृत समाजवादीको पार्टी कार्यालयबारे लिए जानकारी