एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको छ । बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको हो ।
कार्यालय प्रमुख जयन्ती सत्यालले सबै माध्यमिक विद्यालय तथा क्याम्पसहरूलाई परिपत्र गर्दै १.६ जीपीए ल्याएको विद्यार्थी कक्षा ११ मा भर्ना हुनको लागि योग्य मानिने बताए ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को २०७९/०५/१९ को बैठकबाट माध्यमिक तह कक्षा १० अध्ययन पुरा गरी कक्षा ११ मा अध्ययन गर्न एसईईमा न्यूनमत औसत ग्रेड प्लाइन्ट १.६ प्राप्त गरेको विद्यार्थीहरू योग्य मानिने निर्णय गरेको थियो । कार्यालयले सोही आधारमा कक्षा ११ मा भर्ना गर्न सबैमा अनुरोध गरेको हो ।
एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले कुन कुन विषय पढ्न पाउने भन्ने विषयमा बोर्डले यसअघि नै मापदण्ड तयार पारेको थियो । सोही आधारका विषय मात्र पढ्न पाउने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना