मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाको हाँसो (तस्बिरमा हेर्नुहोस्)

आइतबार, २४ असार २०८०, १२ : १७
आइतबार, २४ असार २०८०

काठमाडौँ । सार्वजनिक कार्यक्रममा एकअर्काबीच कडा आलोचना र आरोप प्रत्यारोपमा उत्रिएका तीन दलका शीर्ष नेताहरुबीच भेटघाटमा भने हाँसो र ख्याल ठट्टा हुने गरेको छ । केही दिनयता प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रत्यक्ष आरोप प्रत्यारोपको शृङ्खला नै चलेको थियो । यस प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा भने मौन प्राय रहेका थिए । 

ओली र प्रचण्डका सार्वजनिक अभिव्यक्ति सुन्दा उनीहरू एकै ठाउँ भेट्दा कसरी बोल्लान् ? भन्ने सर्वसाधारणलाई परे पनि भेटघाटमा भने हाँसो र ख्याल ठट्टा हुने गरेको आइतबार सिंहदरबारमा भएको तीन दलका शीर्ष नेताको भेटघाटका तस्बिरबाटै पुष्टि हुन्छ । 

गत सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायी समेत रहेका प्रीतम सिंह पटक पटक दिल्ली गएको बताएपछि प्रचण्डको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको छ भने प्रचण्डले आफ्नो अभिव्यक्ति एमालेले आरोप लगाएजस्तो सेन्समा नभएको प्रस्टीकरण दिँदै आएका छन् ।

deuba oli

oli-prachanda-deuba2oli-prachanda-deuba3oli-prachanda-deuba4oli-prachanda-deuba5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप