के तपाईं लामो दूरीको सम्बन्धमा हुनुहुन्छ ? यी ५ कुराको ख्याल गर्नुस्, सम्बन्ध बलियो हुनेछ

आजकल लामो दुरीको सम्बन्ध सामान्य भैसकेको छ तर टाढा भएका कारण अधिकांश जोडीले सामान्य पार्टनरको जस्तो व्यवहार गर्न सक्दैनन् जसका कारण सम्बन्धमा दुरी पनि आउन थाल्छ । यस्तो अवस्थामा केही कुरामा ध्यान दिनुभयो भने सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसबारे जानकारी लिऔँ ।
आफ्नो पार्टनरसँग कहिल्यै झुट नबोल्नुहोस् :
लामो दूरीको सम्बन्ध विश्वासमा अडिएको हुन्छ । यसले सम्बन्धलाई मजबुत बनाएको हुन्छ, त्यसैले आफ्नो पार्टनरसँग कहिल्यै झुट नबोल्नुहोस् । तर तपाईंको झुटो बोल्ने बानी छ भने केही समयपछि पार्टनरले तपाईंलाई विश्वास नगर्न पनि सक्छन् । तसर्थ, तपाईंको सम्बन्ध कमजोर हुन सक्छ । आफ्नो पार्टनर सँग सत्य बोल्नुहोस् र केही लुकाउन नखोज्नुहोस् ।
शङ्काको नजरले नहेर्नुहोस् :
लामो दूरीको सम्बन्धमा यस्तो स्थिति धेरै पटक निम्तिन सक्छ । पार्टनरले एक अर्कालाई शङ्का गर्न थालेपछि सम्बन्ध चिसो हुनसक्छ । त्यसैले आफ्नो पार्टनरमा पूर्ण विश्वास राख्नुहोस् र शङ्काको दृष्टिले पनि नहेर्नुहोस् ।
पार्टनरलाई समय दिनुहोस् :
आफ्नो पार्टनरसँगको सम्बन्धलाई मजबुत बनाउन दैनिक समय दिनुहोस् । यसका लागि तपाईंले फोन वा भिडियोमा कुरा गर्न सक्नुहुन्छ र उनीहरूसँग अनलाइनमा समय बिताउन सक्नुहुन्छ । यसले बिस्तारै तपाईंको सम्बन्धको बन्धनलाई मजबुत बनाउनेछ र लामो दूरीको सम्बन्धमा रहँदा पनि तपाईं एक अर्का सँग नजिकिनु हुनेछ ।
धेरै नकुराउनुहोस् :
लामो दूरीको सम्बन्धमा आफ्नो पार्टनरलाई फोन र भिडियो कलका लागि धेरै नकुराउनुहोस् । यसले अर्को व्यक्तिलाई बेवास्ता गरेको महसुस गराउँछ । जुन तपाईंको सम्बन्धको लागि ठिक होइन । त्यसैले आफ्नो पार्टनरसँग समयमै कुरा गर्नुहोस् र उनलाई पूरा ध्यान दिनुहोस् ।
कसैसँग तुलना नगर्नुहोस् :
आफ्नो सम्बन्धलाई लामो समयसम्म टिकाउन र बन्धनलाई बलियो बनाउन, आफ्नो पार्टनरलाई अरू कसैसँग तुलना नगर्ने प्रयास गर्नुहोस् । यसो गर्दा तपाईंको पार्टनरलाई कमजोर महसुस गराउँछ । जसले गर्दा सम्बन्ध कमजोर बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन
-
नेपाल र भारतबिच ऊर्जा विकासका लागि सम्झौता
-
कश्मीरको पहलगाममा पर्यटकमाथि आतंकवादी हमला, १ जनाको मृत्यु, दर्जन बढी घाइते
-
केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन
-
कक्षा १२ काे परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध, निर्णय गर्दै बोर्ड