नेपाली सेनाद्वारा सामुदायिक वन र विद्यालय हाताभित्र वृक्षारोपण

रौतहट । नेपाली सेनाले रौतहट स्थित सामुदायिक वन र एक सामुदायिक विद्यालयको हाताभित्र वृक्षारोपण गरेको छ । वीरदल गण गौरको संयोजकत्वमा 'सन्ततिका लागि सोचौँ, समृद्धिका र हरियालीका लागि रुख रोपौँ' भन्ने मूल नाराका साथ रङ्गपुर साझेदारी वन र चन्द्रपुर ७ नयाँ बस्ती आधारभूत विद्यालयको हाताभित्र शनिबार वृक्षारोपण गरिएको हो।
मलेसियन साल, मसलालगायतका ३०० बिरुवा विद्यालय हाताभित्र रोपिएको वीरदल गणका गणपति नेपाली सेनाका कर्णेल गङ्गा बहादुर विष्टले बताए ।
वीरदल गणको संयोजकत्व, डिभिजन वन कार्यालय, अक्सफाम नेपाल, आरडीसी नेपालको सहकार्य तथा स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको संयुक्त आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा सेनानी गङ्गा बिस्ट, चन्द्रपुरका मेयर संजय कुमार काफ्ले, इलाका प्रशासन चन्द्रपुरका प्रमुख उपसचिव झरेन्द्र चापागाईं, डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली