असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ
आइतबार, २४ असार २०८०, ०८ : २४
_2WILuqzzf4.jpg)
सुर्खेत । कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।
उनका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ । दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो ।
यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना