एमालेको प्राथमिकतामा सत्ता छैन : महासचिव पोखरेल
शनिबार, २३ असार २०८०, २१ : ३९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताएका छन् ।
नेकपा (एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको अभिमुखीकरणमा उनले कमजोरको सहकार्यबाट राष्ट्र निर्माण हुननसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको बताए ।
उनले बलिया राजनीतिक शक्ति एकजुट गरी मुलुक निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा नेकपा (एमाले) लागेको भन्दै सोही अभियान अन्तर्गत एमाले मिशन ग्रासरुटमा लागेको बताए ।
उनले जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको भनाइ राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध