एनआरएनए मलेसियाको अधिवेशन मिति तय, निर्वाचन समितिको संयोजकमा न्यौपाने
शनिबार, २३ असार २०८०, २१ : ०८
![एनआरएनए मलेसियाको अधिवेशन मिति तय, निर्वाचन समितिको संयोजकमा न्यौपाने](https://npcdn.ratopati.com/media/news/khagendra_IOHl3DxmsU.jpg)
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन मिति तय भएको छ । क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले जुलाई २९ र ३० गर्ने अधिवेशन र नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।
एनआरएनए मलेसियाको आगामी अधिवेसनका लागि ४६९९ ले सदस्यता लिएका छन् ।
बैठकले निर्वाचन समिति गठन गरेको छ । समितिको संयोजकमा आईसीसी सचिव खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको हो । समितिका अन्य सदस्यहरुमा बाबुराम शर्मा, बिष्णु पौडेल ,पर्शु गौली र भिम बहादुर बुढाथोकी रहेका छन् ।
उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले निर्वाचन प्रमुख खगेन्द्र न्यौपानेलाई पत्र हस्तांतरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’