तीन दिनपछि कर्णाली करिडोर खुल्यो
शनिबार, २३ असार २०८०, २० : ४१

कालीकोट । तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो ।
ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि आज खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ । तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिराले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताए ।
“करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ”, उनले भने, “सान्नीत्रिवेणी गाउँपालिका–१ को लुसागाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ ।” वर्षायामको बेला कर्णाली करिडोर क्षेत्र निकै जोखिम हुने गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
-
बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत
-
श्रमिकको आम्दानी उत्पादकत्वसँग जोडेर निर्धारण गर्नुपर्छ
-
‘साना र ठुला उद्योगको न्यूनतम पारिश्रमिक फरक हुनुपर्छ’
-
चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा