पाकिस्तानी अभिनेत्रीले शाहरुखको आलोचना गरेपछि...

मुम्बई । पाकिस्तानी अभिनेत्री महनूर बलोचले भारतीय अभिनेता शाहरुख खानमाथि गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । महनूर बलोचले शाहरुख खान न त सुन्दर न त उनलाई अभिनय नै थाहा भएको टिप्पणी गरेकी छिन् । बलोचले साम टिभी च्यानलको टक शो 'हुद कर दी' मा कुराकानी गर्दै यस्तो टिप्पणी गरेकी थिइन्।बलोच पाकिस्तानी फिल्म र सिरियलहरूमा काम गर्छिन्।
महनूर बलोचले भने, ‘शाहरुख खानको धेरै राम्रो व्यक्तित्व छ । तर यदि तपाईं संसारमा ह्यान्डसम भन्नुहुन्छ भने उनी त्यस्तो होइनन्, तर उनको व्यक्तित्व यति बलियो छ कि उनी राम्रो देखिन्छन्। मानिसहरु धेरै सुन्दर हुन्छन् तर यदि उनीहरुको आभा बलियो छैन भने उनीहरुलाई कसैले ध्यान दिदैनन् ।
शोको क्रममा बलोचले शाहरुख खान एक ठूला व्यापारी भएको र आफूलाई कसरी मार्केट गर्न जानेको जिकिर गरिन् । बलोचले भनिन्, ‘मलाई लाग्छ कि शाहरुख खान एक ठूला व्यापारी हुन्, उनी आफैंलाई कसरी मार्केट गर्न जान्छन्। उनका धेरै फ्यानहरू छन् जसले सोच्छन् कि मेरो विचार गलत हुन सक्छ, म गलत हुन सक्छु, तर यो मेरो विचार हो।’
५३ वर्षीय बलोचले शाहरुख खानको अभिनय क्षमतामा पनि प्रश्न उठाएकी छन् । तर, यो बयानपछि शाहरुख खानका फ्यानले बलोचको सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीपीसी र माओवादी सुदुरपश्चिम प्रदेशबीच आपसी सहयोगबारे सम्झौता
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण