कविता : स्वप्निल प्रेमका तरंगहरू

म तिमी हिँड्ने गोरेटो छुनलाई मात्र
मीठो निदलाई त्यागेर
मीठो सपनाको बलिदान दिएर
सूर्यको आगमनभन्दा पहिले पुग्न सक्छु
तिमी हिँडेको गोरेटोलाई छुन ।
म तिमीले पाइला टेकेको धरातल छुनकै लागि
सयौँ कठिन यात्रा पूरा गर्ने साहस राख्न सक्छु,
म तिमीलाई एक निमेष देख्नका लागि
लाखौँ पाइला चाल्ने हिम्मत राख्छु ।
म तिम्रो एक मुस्कान देख्नका लागि
हजारौँपटक रुन अनि रेटिन सक्छु
म तिम्रो एउटा सानो खुसीका लागि
हजारौँपटक छुटिन अनि मेटिन सक्छु ।
साँच्चै, त्यो धरातल जहाँ मेरो सम्पूर्ण जीवन थियो,
म तिम्रो खुसीका लागि एक निमेषमा त्याग्न सक्छु ।
मलाई अझै पनि याद छ तिमी मुस्कुराएको
जुन मुस्कानको सामीप्यता पाउन
म पुनर्जीवन जन्मिन चाहन्छु
म तिम्रो खुसी साट्न चाहन्छु
आफ्ना सबै मुस्कानसँग
तिम्रो एक स्पर्शको निमित्त
लाखौँपटक टुट्न तयार छु ।
अफसोस
तिमीलाई मेरो निश्चल प्रेमको अनुमान छैन
तिमीलाई मेरो प्रतीक्षा पनि छैन
किनकि म वारि किनारको माझीसरि छु,
तिमी पारि किनारको बटुवा ।
यो माझीले अझै आफ्नो जीवनको डुंगामा
धेरै यात्रा तय गर्नुछ
धेरै छालहरू तरेर आफ्नो गन्तव्यमा पुग्नुछ
तिमीलाई प्रश्न नगरी पनि म नतमस्तक छु
तिम्रो प्रेमको समीपमै नपुगी
म प्रेमरूपी सागरमा डुबिरहेछु ।
ओहो, यो निराकार प्रेमको
किन यति ठूलो परिधि ?
जहाँ छन् जीवन पूरै रंगाइदिन सक्ने सपनाका लहरहरू
जहाँ छन् जीवन्त अनगिन्ती मिठा सपनाहरू
जहाँ छन् निस्वार्थ जिजीविषाहरू
जहाँ छन् अदृश्य रोमाञ्चक कल्पनाका तरंगहरू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० लाख रुपैयाँ बढीको अबैध कपडासहित गाडी नियन्त्रणमा
-
कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ : गगन थापा
-
रविलाई पक्राउ गर्न किन हतारियो प्रहरी ?
-
नेपालमा भइरहेको शिक्षक आन्दोलनप्रति विश्व शिक्षक महासंघको ऐक्यबद्धता
-
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : शेरबहादुर देउवा
-
काठमाडौं विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) को प्रदर्शन