ज्याक माको एन्ट ग्रुपलाई १ अर्ब डलर जरिवाना
शनिबार, २३ असार २०८०, १२ : ५७
_sSyMXgNnQS.png)
एजेन्सी । अर्बपति तथा अलिबाबाको एन्ट ग्रुपले १ अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । चीन सरकारले गरेको घोषणाअनुसार ज्याक माको प्रविधि कम्पनीहरूको समूह एन्ट ग्रुपले उक्त जरिवाना तिर्नुपर्ने भएको हो ।
समाचार संस्था बीबीसीका अनुसार एन्ट ग्रुपले उपभोक्ताको संरक्षण कानून र कर्पोरेट गर्भनेन्समा बदमासी गरेको आरोप लगाइएको छ । एन्ट ग्रुपको भुक्तानी प्रणाली अलिपे जरिवानाको मुख्य निशानामा रहेको समाचार उल्लेख छ ।
चीनको केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तीमा प्रविधिका दिग्गज कम्पनीको रवैया सुधार गर्न अघि बढेको जनाइएको छ ।’ एन्ट ग्रुपले चीनका लाखौं मानिसलाई ऋण प्रवाह गर्ने गर्छ । यस्तै, स्टार्टअप व्यवसायलाई समेत ऋण प्रवाहको व्यवस्था यो समूहले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने