घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु
शनिबार, २३ असार २०८०, ११ : १२

डोटी । डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो । शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो।
घटनाको आवश्यक अनुसन्धान भइरहेको र त्यसका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको छ। भत्किएको घरमा मृतक एक्लै रहेको उनका आफन्त तथा दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीले जानकारी दिए । उनका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन् । उनी कैलालीबाट आउँदै गरेको मलासी बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहजपुर–बोगटान सडक निर्माण सम्पन्न, योजना कार्यालय खारेज
-
समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने
-
अभिनेत्री दीया मास्केको आग्रह : फिल्ममा गएकाहरू नाटकमा फर्किनुस्
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
-
चैते धानको मूल्य निर्धारण : गत वर्षभन्दा एक सय रुपैयाँले बढ्यो