१६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो । बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् ।
नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क सङ्ग्रह, पत्रकारिता विषयमा कसैले पनि ‘ए प्लस’ प्राप्त गर्न सकेनन् । बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा नौ वटा ग्रेड निर्धारण गरेर नतिजा प्रकाशन गरेको छ । परीक्षाको प्राप्ताङ्कलाई विषयगत रूपमा ‘ए प्लस’ देखि ‘ई’ ग्रेडसम्म वर्गीकरण गरेको छ । ‘ए प्लस’ प्राप्त नगरेका विषयमा विद्यार्थीले तल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । सङ्गीत, ज्योतिष, खाद्य विज्ञानलगायतका विषयमा विद्यार्थीले माथिल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । ऐच्छिक द्वितीयपत्र कम्प्युटर विज्ञानका परीक्षार्थीले सबैभन्दा धेरै अर्थात् ३१ हजार ८७२ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । त्यस्तै अनिवार्य विषयतर्फ स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा २२ हजार ५७४ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी