नाला अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो वीरगञ्ज महानगरको डोजर

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बजार क्षेत्रका मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना महानगरपालिकाले आज भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना भत्काउँदै आएको महानगरपालिकाले आज वीरगञ्जको आदर्शनगर क्षेत्रस्थित मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना डोजर लगाएर भत्काएको हो ।
महानगरपालिकाले वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित होटल ओम रेसिडेन्सीको भवन, आश्विनी शर्माले निर्माण गरेको भवन र सत्यनारायण रौनियारले निर्माण गरेको भौतिक संरचना डोजर लगाएर हटाइएको वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले जानकारी दिए ।
मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला मिसिएर जिल्ला प्रशासन कार्यालय छेउबाट बन्दै आएको नाला अतिक्रमण गरी स्थानीयले संरचना निर्माण गरेका छन् । नाला अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउन पटकपटक आग्रह गर्दा सुनुवाइ नभएपछि डोजर लगाएर हटाउन थालेको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
महानगरले राष्ट्रिय वाणिज्य बैंक पछाडितर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाइ गर्ने क्रम अगाडि बढाएको हो । नाला अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन हरिखेतान क्याम्पसलाई निर्देशन दिएको र अटेर गरेर डोजर लगाएर हटाइने महानगर प्रमुख सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको दरभाउ ?
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने