खुला राष्ट्रिय उसुमा शिअ टिम च्याम्पियन
_V2o1konNd3.jpg)
काठमाडौँ । शिअ उसु क्वान ‘तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता’ मा शुक्रबार टिम च्याम्पियन बनेको छ । चार स्वर्ण र सात रजत पदकसहित शिअ समग्रमा टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा काठमाडौँ उसु क्वान दोस्रो भयो । दोस्रो भएको काठमाडौँ उसु क्वानले चार स्वर्ण र तीन रजत पदक जित्यो । तेस्रो भएको निन्जा उसु क्वानले समान तीन स्वर्ण र तीन रजक पदक हात पा¥यो ।
शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । नेपाल उसु महासंघद्वारा आयोजित उक्त प्रतियोगिताको थाउलोतर्फ पुरुषमा पशुपति उसु क्वानका सागर खड्का र महिलामा कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यसैगरी सान्सौंको पुरुषमा काठमाडौँका निश्चल तामाङ र महिलामा शिअकी अस्मिता गाहामगर सर्वोत्कृष्ट खेलाडी चुनिए । थाउलोमा शिअका ओमप्रकाश ओली र सान्सौंमा काठमाडौँका मिलन राई उदीयमान खेलाडी घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का