धनगढीमा भेटिए डेङ्गु संक्रमित
शुक्रबार, २२ असार २०८०, १९ : ००

धनगढी । धनगढीमा डेङ्गुको बिरामी फेला परेका छन् । धनगढी उपमहानगरको वडा नम्बर–९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन् ।
गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
बिहीबार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो । बिरामीको अहिले उपचार भइरहेको छ। अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।
सफा पानीमा हुर्कने प्रजातिको लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुन्छ। डेङ्गुबाट बच्न र बचाउन घर वरिपरि सफा पानी जम्न नदिने र दिनको समयमा लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण
-
धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा
-
उद्योग व्यवसायीलाई नीतिगत कारणले निरुत्साहित गर्नुहुँदैन : अध्यक्ष ढकाल
-
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
-
आरआर क्याम्पसबाट बोहराले स्ववियु निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने