पश्चिम बङ्गालमा चुनावी हिंसा, ४ जनाको मृत्यु
शुक्रबार, २२ असार २०८०, १७ : ४९

कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार परगना,वीरभूम,दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् ।
एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो । विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला त्यो विष्फोट भएको बताइएको छ । उनी कांग्रेस समर्थक कार्यकर्ता थिए । प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री समेत बरामद गरेको छ । पश्चिम बङ्गालमा शनिबार स्थानीय निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन