एसईईमा कुन ग्रेड ल्याउनेले के विषय पढ्न पाउँछन् ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा के विषय पढ्ने भन्नेमा विद्यार्थीहरूमा अन्यौलमा हुन सक्छन् । विद्यार्थीले ल्याएको जीपीए र ग्रेडको आधारमा कुन विषय पढ्न पाइन्छ ? भन्ने विषयमा बोर्डले प्रष्टसँगै भनेको छ ।
न्यूनतम २ जीपीए ल्याएका विद्यार्थीले समेत विज्ञान समूहका विषय पढ्न पाउँछन् । विज्ञान विषय समूहमा रहेका फिजिक्स, क्यामेस्ट्री, बायोलोजी–म्याथमेटिक्स–कम्प्युटर साइन्स–एग्रिकल्चर विषय पढ्न पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । तर, त्यसका लागि विज्ञान र गणित विषयमा भने ‘सी प्लस’ ग्रेड ल्याएको हुनुपर्छ । त्यस्तै अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा ‘डी प्लस’ ग्रेड ल्याएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यसैगरी विषयअनुसार जस्तोसुकै ग्रेड ल्याए पनि न्यूनतम् जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूह पढ्न पाउँछन् । जसमा एनेमल साइन्स–प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ रहेका छन् । मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जीपीए अनिवार्य गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल