अध्यक्ष तिमिल्सिनासँग कतारी राजदूतको बिदाइ भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रवार बिदाई भेट गरेका छन् । राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रवार गरेको बिदाइ भेटमा नेपाल नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएकोबारे चर्चा भएको छ ।
अध्यक्ष तिमिल्सिनाले ठुलो सङ्ख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे । भेटमा राजदूत हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए ।
उनले पोखरा लगायतका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरूमा ५/६ पटक सम्म पत्राचार गरेपनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?
-
थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार