साताको सेयर बजार : १०१ अंकले नेप्से घट्दा साढे १७ अर्बको कारोबार

काठमाडौँ । असार अन्तिम लागेसँगै यसको प्रभाव सेयर बजारमा राम्रै लागेको छ । वर्ष भरीको हिसाबकिताब लगानीकर्ताहरु अकाउण्ट क्लोजिङ्गमा लाग्दै गर्दा सेयर बजारले ओरालो यात्रा तय गरेको हो ।
अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो । तर, यो साताको पहिलो कारोबार दिननै ५३ अंकमाथिले नेप्से सूचक घटेर शुरुवात गरेकोमा अन्तिम दिनसम्ममा कूल १०१ अंकले घट्दै नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा झरेको छ ।
यो साता पाँचै दिन सेयर बजार खुल्ला भएको थियो । तर, एक दिन मंगलबार (असार १९ गते) बाहेक बाँकी चारै दिन नेप्से सूचक ऋणात्मक भएको छ ।
कारोबार पनि साढे ५ अर्बमाथिले घट्यो
नेप्से सूचकमा एक सय अंकमाथिको गिरावट आएसँगै यो साता यता कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । अघिल्लो हप्ता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा यो साता घटेर १७ अर्ब ५१ करोड ५७ लाख रुपैयाँमा झरेको छ । अघिल्लो साताको तुलनामा यो साता ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँले कारोबार घटेको हो ।
मार्केट क्यापिटलाइजेशन १ खर्ब ४१ अर्बले घट्यो
यस्तै यो साता धितोपत्र बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत १ खर्ब ४१ अर्ब माथिले घट्न पुगेको छ । अघिल्लो साता ३१ खर्ब ५० अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबर पुगेको मार्केट क्यापिटलाइजेशन यो साता घटेर ३० खर्ब ८ अर्ब ७२ करोड १० लाख रुपैयाँमा झरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा