गठबन्धनलाई ओलीको चुनौती : स्पट तोकेर बोलाए हुन्छ, आउन तयार छौं
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको बताएका छन् । शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु नभनेको भन्दै प्रीतम सिंहलाई अनावश्यक मुछेको बताएका हुन् ।
उनले नेपालमा बहुदलीय व्यवस्था भएपनि कानुनी राज नभएको भन्दै संसदबाट छानिएको सरकार नभएको कुरा प्रधानमन्त्री आफैले भनेको बताए ।
‘अस्ति प्रधानमन्त्री आफैले एउटा प्रमाण बल्ल पेश गर्नुभएको छ । यस्ता प्रमाण कति छन्’, उनले भने, ‘कति कुदेका छन् दिल्ली, कति उडेका छन् दिल्ली ।’
उनले भने,‘प्रीतम सिंहले प्रेस मिट गरी भन्नुहुन्छ–प्रचण्डलाई प्रधानमन्त्री बनाउन म दिल्ली गएको होइन, गएको छैन भनेर । उहाँले किन भन्नुहुन्छ उहाँ नै जान्नुहुन्छ तर म गएको छैन भन्नुहुन्छ ।’
प्रतिम सिंहलाई पनि बेकार मुछेको भन्दै ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु भनेर नभनेको बताए ।
‘त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हो त्यो कुरा भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् कि नेपालको सार्वभौमसत्ता नेपालको संसदमा छैन,नेपाली जनतामा छैन’, ओलीले भने,‘नेपालका सांसदहरुले सरकार बनाउने होइन दिल्ली दौडिएर सरकार बन्छ, धेरैपल्ट मलाई बनाउन पनि मान्छे कुदेको थिए ।’
ओलीले राष्ट्रियता र देशको सार्वभौमसत्तामाथि मजाक उडाएकाले एमालेले प्रधानमन्त्रीको राजीनामा मागिएको बताए । उनले गठबन्धनले बिहीबार बैठक बोलाएर मसल ठटाएर पार्लियामेन्टमै भेटौला भनेको भन्दै प्रतिपक्षले भेटौला भनेपछि भेट्नैपर्ने बताए ।
‘उहाँले के का लागि पार्लियामेन्टमै सामना गर्छौ भनेको हो ? उहाँहरुले वार्ता गर्छौ समस्या समाधान गर्छौ भन्नुभएन । पार्लियामेन्टमा सामना गरिन्छ भन्नुभयो, प्रतिपक्षको म मसिनो स्वरमा भन्न चाहन्छु–पार्लियामेन्टमात्र होइन सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ । स्पट तोकेर बोलाए हुन्छ ।’
ओलीले अहिलेको सरकार उन्माद, अहंकार र धम्कीको भाषामा मानसिक दासतामा दबाउन चाहेको भन्दै स्वाभिमानी देश त्यस्तो गर्न तयार नभएको बताए । उनले भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थसिद्धि गर्न लागेको भन्दै दम्भको आधारमा अलोकतान्त्रिक क्रियाकलाप भइरहेको बताए । उनले एमालेले छाडेको २ वर्षमा देशमा अस्थिरता र अराजकता बढेको बताए । उनले बालुवाटारको ललिता निवास भनेर फुर्ती गरेको भन्दै यसमा को को दोषी छन् भनेर छानबिन गर्न चुनौती दिए । ओलीले भारतबाट रअका प्रमुख सामन्त गोयल नेपाल आएर आफूलाई भेट्न चाहेपछि खुला रुपमा भेटेको भन्दै यसपटक प्रचण्ड भारत जाँदा लुकेर ‘रअ’ प्रमुखलाई भेटेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन