राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न राष्ट्रपति नै उत्ताउलिएर अगाडि बढेको आरोप लगाएका छन् ।
शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र राष्ट्रपति दुवै संविधान मिच्न लागि परेको बताएका हुन् ।
‘सम्माननीय राष्ट्रपति ज्यू संविधान मिच्न आफै उत्ताउलिएर अगाडि बढ्नुभयो । उहाँले सत्ताको पक्ष लिनुभयो त्यो दुखद कुरा हो’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले सरकार लगातार संविधान मिच्न लागिपरेको पनि बताए ।
‘अहिले पनि तपाईँहरूले देख्नुभएको छ । संविधान लगातार मिच्ने । कसैको बहुमत छैन, यी बहुमत नभएका पार्टीहरू सातआठ वटा एकठाउँ मिलेर, स्वार्थ बाँडेर, देशका हितहरुलाई चकनाचुर पारेर, बर्थडेको केक काटेझै राष्ट्रका हितहरु काटकुट पारेर, बाँडेर सत्ता बनाउने र टिकाउने घिनलाग्दो खेल खेलिरहेका छन्’, अध्यक्ष ओलीको भनाइ छ ।
उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आक्रोश पोखे ।
‘राष्ट्रपतिबाट संविधानविपरित पोहोर नै मरिसकेको त्यो।। राष्ट्रपतिले समयमै हस्ताक्षर नगरेपछि पोहोरै सिद्दिसकेको थियो त्यो, ‘त्यसलाई विधिबाट अगाडि बढाउनुपर्दथ्यो, त्यो गर्न सकिन्थ्यो त्यसमा हामीले भनेका पनि हौ । तर सत्ताउन्माद । गठबजोड, भागबण्डा स्वार्थको । संविधान नमान्ने बलमिच्याई गरेर अस्तित्वमा नरहेको ऐन अहिले प्रमाणीकरण गरिदिनुपर्यो ।’ सरकार उन्माद, अहंकार र धम्कीको भाषामा लतार्न चाहेको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले कोशी प्रदेशमा सरकार गठन गर्न सभामुखको समेत हस्ताक्षर प्रयोग गरिएकोमा आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो
-
पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’