थ्रेड्स एपले तपाईंबाट के–के लिन सक्छ ? डाउनलोड गर्नु अघि बुझ्नुहोस्

ट्विटरजस्तो नयाँ सोसल मिडिया प्लेटफर्म थ्रेड्स एप लन्च भएको केही घण्टामा नै करोडौँले डाउनलोड गरेका छन् ।
यो एपको विषयमा ट्विटरका मालिक एलन मस्कले थ्रेड्स एपको स्वामित्वमा रहेको कम्पनी मेटालाई वकिलमार्फत पत्र पठाएको छ । पत्रमा ट्विटरको गोप्य दस्ताबेज चोरेको र नक्कल गरेको आरोप लागेको छ ।
यसैबिच यो एप तीव्र रूपमा डाउनलोड भइरहेको छ ।
तर थ्रेड्सको सन्दर्भमा गोपनीयतासँग सम्बन्धित केही चिन्ताहरू पनि व्यक्त गरिएको छ ।
गोपनीयतासँग सम्बन्धित चिन्ताका कारण थ्रेड्स एप युरोपेली सङ्घमा लन्च गरिएको छैन ।
यो चिन्ता सोसल मिडिया प्रयोग गने साधारण जनतादेखि ट्विटरका पूर्व सिइओ ज्याक डोर्सीले पनि चिन्ता व्यक्त गरिएको छ ।
ज्याक डोर्सीले ट्विट गर्दै भनेका छन्, ‘तपाईंका सबै थ्रेड्स हामीसँग जोडिएका छन् ।’
यो ट्विटको जवाफ दिँदै एलन मस्कले पनि लेखेका छन् – सही भन्नुभयो ।
ज्याकले यो ट्विटसँगै एप स्टोरको स्क्रिनसट पनि सेयर गरेका छन् । यसले थ्रेड्स एप डाउनलोड गर्दा कम्पनीले तपाईंबाट लिने डाटाको सूची समावेश छ ।
थ्रेड्स डाउनलोड गर्दा कुन–कुन डाटा मेटासम्म पुग्छ ?
– स्वास्थ्य र फिटनेस
– वित्तीय जानकारी
– प्रयोगकर्ताको जानकारी
– तपाईंले इन्टरनेटमा के खोज्दै हुनुहुन्छ
– डायगोनोस्टिक
– तपाईंले के किनिरहनुभएको छ ?
– तपाईंको स्थान
– सम्पर्क अर्थात् फोन नम्बर र इमेल आइडी
– सर्च हिस्ट्री
– संवेदनशील जानकारी
– अन्य डाटा
यद्यपि, यदि हामी इन्स्टाग्राम एपको गोपनीयतासँग सम्बन्धित जानकारीलाई हेर्छौँ भने, थ्रेड र इन्स्टाग्राम बीच धेरै समानता देख्न सकिन्छ ।
ट्विटर एप डाउनलोड गर्दा कुन–कुन डाटा कम्पनीसम्म पुग्छ ?
– खरिद
– सम्पर्क जानकारी
– प्रयोगकर्ताको जानकारी
– तपाईं के सर्च गर्दै हुनुहुन्छ
– उपयोग डाटा
– स्थान
– फोन नम्बर
– सर्च हिस्ट्री
मार्क जुकरबर्गले सामाजिक सञ्जाल प्लेटफर्ममार्फत मानिसहरूको व्यक्तिगत जानकारी सङ्कलन गरिरहेको भन्दै बारम्बार आलोचना हुने गरेका छन् ।
धेरै पटक मेटा कम्पनीले गोपनीयताको मुद्दामा स्पष्टीकरण दिनुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड