सरकारबाटै लोकतन्त्रको चीरहरण भयो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारबाटै लोकतन्त्रको चीरहरण भएको आरोप लगाएका छन् ।
निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमदेखि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग हुनुले राष्ट्र र लोकतन्त्रको चीरहरण भएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् - 'प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम , आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन् । यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ । उक्त घटनाका सन्दर्भमा सत्ता गठबन्धनमा सहभागी दलहरूको बचाउले त्यसबाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन । राष्ट्रको गरिमा र लोकतन्त्रकाे रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन