शुक्रवार सिंहदरबार घेर्ने तयारीमा देशैभरका स्थानीय तहका जनप्रतिनिधि

काठमाडौँ । देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले शुक्रबार सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन् ।
नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाका अनुसार सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन् ।
सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए ।
त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ ।
यसैबीच बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहमा कटौती गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्