मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सञ्चार मन्त्री शर्मा

बिहीबार, २१ असार २०८०, १६ : ५४
बिहीबार, २१ असार २०८०

काठमाडौँ । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।  

बिहीबार मन्त्रीपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।  

मन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि उनले बताइन् । उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन् ।  

मन्त्री शर्माले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीबिरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाइन् ।  

उनले भनिन्, ‘विपक्षीहरुले खास गरेर प्रधानमन्त्रीज्युले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसदभित्र जुन राजीनामाको माग गरी संसद् अवरुद्ध गर्नुभएको छ र संसद् अवरुद्ध गरिरहँदा जुन हामीले ल्याएको अध्यादेश थियो, जुन मिटरब्याज सम्बन्धी त्यसको हिजो अन्तिम दिन थियो, त्यो निष्क्रिय हुन पुगेको छ । प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन की राजीनामा दिनुपर्ने । एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्युले अन्यथा बोलेको हामीलाई लाग्दैन । प्रधानमन्त्रीज्युले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्नेकुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो । जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न ।’

मन्त्री शर्माले यस्ता विषयमा प्रधानमन्त्रीको राजीनामा सोच्न नसकिने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप