एसईई नतिजा ४ बजे सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) ४ बजे प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।
बोर्डले २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने जनाएको छ भने अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने जनाएको छ । नतिजाबारे बोर्डले ४ बजे पत्रकार सम्मेनमार्फत विस्तृत जानकारी दिने जनाएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा :
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा पनि नतिजा हेर्न सक्ने व्यबस्था गरिएको छ ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना