कांग्रेस सदस्यता पाउन अब सजिलो हुन्छ : विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको संयोजनमा पार्टी सदस्यका सम्बन्धमा जिल्ला सभापतिहरुलाई प्रशिक्षण दिइएको छ ।
जिल्ला सभापतिहरुसँगको छलफलकै बीचमा केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफलको विषय प्रकाश पारेका हुन् ।
आइटी विज्ञ दिपेश विष्टले अनलाइन सदस्यता वितरणबारे जानकारी दिएको बताए । विश्वकर्माका अनुसार छलफलमा ६५ जिल्ला सभापति सहभागी रहेका छन् ।
आधा दर्जन जिल्ला सभापतिले आफ्नो धारणा राखेका छन् ।
कांग्रेसको साधारण सदस्य अनलाइनबाट सहजै लिन पाउने व्यवस्था गरिएको छ । विश्वकर्माले भने, 'क्रियाशील सदस्यको सदस्य हल हुने भएको छ । सहजै सदस्यता पाउन सकिने छ ।' पार्टीका सबै निकायको अनलाइनमा पहुँच रहने बताए ।
विश्वकर्माले भने, "क्रियाशील सदस्यता महाधिवेशनको संघारमा मात्रै नवीकरण गर्ने प्रचलनले अप्ठ्यारो परेकोमा अब नियमित रूपमा नवीकरण गर्न पाउने व्यवस्था गरेका छौँ ।" क्रियाशील सदस्यता सम्बन्धी विवाद र मतभेद कम हुने उनकाे विश्वास छ ।
आजकै बैठकमा पार्टीले आगामी दिनमा लिनुपर्ने रणनीति र कार्यक्रमबारे पनि छलफल भइरहेको उनले बताए ।
उनले भने,"जिल्ला सभापतिहरुले पार्टी नेतृत्व र सरकारबारे पनि धारणा राख्नुभएको छ । सरकारले पार्टीसँग समन्वय नगरेकोबारे ध्यानाकर्षण गराउनुभएको छ ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय