प्रधानमन्त्रीको राजीनामा माग गर्ने एमालेको अडान कायम, राष्ट्रिय सभा बैठकमा अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो ।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने भन्दै बैठक अवरोध गर्ने जानकारी राष्ट्रिय सभा अध्यक्षलाई दिए ।
उनले भने, ‘यो खालको आचरण गर्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नेकपा(एमाले)को संसदीय दलको धारणा हिजो हामीले सार्वजनिक गरिसकेका छौँ । आज पनि कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौँ । हामी बाध्य छौँ । देशको सार्वभौमिकता, देशको स्वाधीनता र स्वाधीन राष्ट्रलाई आँच आउने गरी यस्तो कुनै व्यक्तिबाट कुरा आउँछ भने त्यो नेकपा(एमाले)को निम्ति सह्य हुँदैन । आम नागरिकको लागि सह्य हुँदैन । हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ ? कसबाट परिचालित हुनुहुन्छ ? को बाट निर्देशित भएर चल्नुभएको छ ? यो दुःखको कुरा हो । यो सदनको कामलाई अगाडी नबढाइयोस् ।’ राष्ट्रिय सभा बैठक असार २२ गते शुक्रवार अपराह्न १२ः२९ मा बस्ने गरी बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा