पूर्व मिस नेपाल अश्मी श्रेष्ठका प्रेमी सार्वजनिक
बिहीबार, २१ असार २०८०, १२ : ५१
१

पूर्व मिस नेपाल अश्मी श्रेष्ठका प्रेमी सार्वजनिक भएका छन् । उनले आफ्नो इन्स्टाग्राम पोस्ट र स्टोरीमा भिडियो राखेसँगै उनका प्रेमी सार्वजनिक भएका हुन् ।
अश्मी अमेरिका निवासी शशाङ्क लाल श्रेष्ठसँगको प्रेममा छिन् । अश्मीले एक दिन अघि इन्स्टामा राखेको बर्थडे भ्लगमा पनि शशाङ्क देखिएका छन् । उक्त भिडियो अनुसार अश्मीको बर्थडे पार्टी शशाङ्कले नै आयोजना गरेका हुन् ।
यसका साथै, शशाङ्कको इन्स्टाग्राम पोस्टमा अश्मी र उनको तस्बिर देख्न सकिन्छ । दुई हप्ता अघि राखिएको उक्त फोटोमा धेरैले उनीहरूलाई बधाई दिँदै दुई जनाको विवाह हेर्न चाहेको भन्दै कमेन्ट गरेका छन् ।
शशाङ्कको इन्स्टाग्राम पोस्ट हेर्दा उनी केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेको बुझ्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने
-
‘मायावी’बारे राजेश हमाल : फिल्म क्षेत्रलाई चलायमान बनाउन सक्छ
-
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?
-
ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध