कोशी प्रदेशमा उद्धव थापालाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्ने सात दलको निर्णय
काठमाडौं । सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने पुनः निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज साँझ पाँच बजे थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न पुनः निर्णय गरेको बताए । ‘कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बनाउने निर्णय गरेका छौँ । त्यसमा केही कन्फ्युजन थियो,’ उनले भने, ‘आज माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राईलाई बोलाएर आज पाँच बसेसम्म उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्ने भनेर हामीले पुन: निर्णय गरेर पठाएका छौँ ।
कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित), एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रबार विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित