क्यानका महानिर्देशकलाई दोस्रोपटक ३ दिने स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अर्को ३ दिने स्पष्टीकरण सोधेका छन् । यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै अर्को पत्र पठाएका हुन् ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।
तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिने अडान लिँदै आएका छन् । आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै उनले आफूमाथि कारबाही भए भोग्न तयार रहेको रातोपाटीलाई बताएका थिए ।
जवाफ नदिएपछि रुष्ट बनेका मन्त्री किराती अधिकारीमाथि कारबाही अघि बढाउने मुडमा पुगेका छन् । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी छ ।
‘यस मन्त्रालयको प.सं. २०७९/८० च.नं. १२३२ मिति २०८०/०३/११ को पत्रबाट तपाईबाट सम्पादित कार्यसँग सम्बन्धित विभिन्न ९ (नौ) बुँदाका विषयमा ७ (सात) दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखी पठाइएकोमा निर्धारित समय सीमाभित्र तपाईबाट स्पष्ट जवाफ सहितको विवरण पेस हुन नआएकोले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? उल्लिखित पत्रमा समावेश भएका विषयमा ३ (तीन) दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पुनः स्पष्ट जवाफ सहितको विवरण उपलब्ध गराउन पुनः लेखी पठाउने अन्यथा कानूनबमोजिम हुने भनी नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) मिति २०८०/०३/२० को निर्णयबमोजिम अनुरोध छ,’ दोस्रो स्पष्टीकरणमा सोधिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा