११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा छानिए १२ देशका २२ फिल्म
काठमाडौँ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही असार २३ देखि २५ असारसम्म ‘११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२३’ आयोजना हुने भएको छ ।
काठमाडौँको जमलस्थित नाचघरमा आयोजना हुने महोत्सव नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदान गर्ने उद्देश्यले विगत १२ वर्षदेखि नियमित हुँदै आएको हो । महोत्सवका लागि ११ वटा मुलुकका १० वटा अफ्रिकन चलचित्र तथा वृत्तचित्र चयन भएको र नेपालबाट १२ वटा चलचित्र तथा वृत्तचित्र चयन भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी दिइन् ।
महोत्सवमा अफ्रिकाबाट चयन भएका १० चलचित्रमध्ये जिम्मावेको वृत्तचित्र कलिङ द डेड, युगान्डाको वृत्तचित्र समबडी क्लाप फर मी र केन्याको वृत्तचित्र थ्याँक्यु फर द रेन रहेका छ । फेस्टिवलमा फिचर फिल्म तर्फ मोजाम्बियाको फिचर फिल्म ट्रेन अफ द साल्ट एन्ड सुगर छानिएको छ । यस्तै सर्ट फिल्म तर्फ रुवान्डा र स्वीजरल्यान्डको सर्ट फिल्म आई गट आई थिङ एन्ड लेफ्ट, इजिप्टको सर्ट फिल्म द बिल्डर, साउथ अफ्रिकाको सर्ट फिल्म ह्याङ म्यान, फ्रान्सको सर्ट फिल्म शान्ता क्लज डार्क साइड, घानाको सर्ट फिल्म या, केन्या र जर्मनको सर्ट फिल्म वाटु वाटो रहेका छन् । यसरी ११ मुलुकका १० अफ्रिकन चलचित्र र नेपालको १२ चलचित्र गरी १२ मुलुकका २२ वटा चलचित्र यो महोत्सवमा प्रदर्शन हुनेछ ।
फेस्टिभल निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट चारवटा फिचर फिल्म, दुईवटा वृत्तचित्र, तीन वटा सर्ट फिल्म र तीन वटा स्टुडेन्ट फिल्म चयन भएका छन् । जसमा फिचर फिल्मतर्फ दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशनकुमार निर्देशित भाग्य रहेका छन् । वृत्तचित्रतर्फ रोशनी केसी निर्देशित समर्पण र भिमलाल श्रेष्ठ निर्देशित फेरि रहेको छ ।
यस्तै सर्ट फिल्ममा विलक्षण क्रियसन निर्मित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुबिधा रहेका छन् । स्टुडेन्ट समूहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामलकुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेको छ ।
महोत्सव जमलस्थित सांस्कृतिक संस्थान (नाचघर)मा २३ देखि २५ असारसम्म तीन दिन चल्ने छ । महोत्सवमा आइतबार २४ असारमा नाचघरमै एक दिवसीय अभिनय कार्यशाला हुँदैछ । यो कार्यशालामा कलाकार वीरेन्द्र हमालले ‘बडी ल्याग्वेज, फेसियल एक्सप्रेसन र माईम एक्ट’ को प्रशिक्षण दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
-
प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
-
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ