‘बगान’को ट्रेलर रिलिज, एकल महिलाले फिल्म निःशुल्क हेर्न पाउने

काठमाडौँ । असार २९ गतेबाट नेपालभर रिलिज हुने फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ६ जना विशिष्ट एकल आमाहरूलाई सम्मान गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्दै निर्माण युनिटले एकल महिलाले फिल्म देशैभर निःशुल्क हेर्न पाउने घोषणा गरेको हो ।
कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता सरोज खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो फिल्म हेर्न पाउन भन्ने उद्देश्यले निःशुल्क हेर्ने व्यवस्था गरेको बताए ।
तीन मिनेटको फिल्मको ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने विषयको मतभेदलाई प्रस्तुत गरिएको छ । अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् भने नव अभिनेत्री प्रमीला कार्की मानन्धरकी छोरीको भूमिकामा छन् ।
फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमीला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।
स्वप्निल नीरवको कथामा आधारित रही बनेको यो फिल्मबाट अभिनेता खनालले निर्देशन डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक