प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, २० असार २०८०, १८ : ०१

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) विनोद विष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टविरुद्ध दुई लाख रुपैँया विगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालको रुपमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर आयोगको छ ।