त्रिचन्द्र क्याम्पसका प्राध्यापक कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक पाएनन्, आन्दोलनको घोषणा

काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरूले एक वर्षदेखि बृद्धि गरिएको तलब नपाएको गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७९/०८० को शुरूदेखि लागू हुनेगरी बृद्धि भएको तलब–भत्ता आर्थिक वर्षको अन्तिम महिना बित्नै लाग्दा समेत नपाएको बताएका हुन् । त्यस्तै आंशिक रूपमा प्राध्यापनरत प्राध्यापकहरूले समेत पाउनुपर्ने पारिश्रमिक लामो समयदेखि नपाएको उनीहरूको भनाई छ । लामो समयदेखि तलब भत्ता नपाएपछि प्राध्यापक संघ त्रि–चन्द्र क्याम्पस एकाइ समितिले आपत्ति जनाएको छ ।
लामो समयसम्म पारिश्रमिक पाउन नसकेकाले प्राध्यापक एवं कर्मचारी वर्ग निरास भइरहेको संघको भनाई छ । उक्त समस्याको समाधान तीन दिनभित्रमा समाधान नभएको खण्डमा २१ गतेका दिन नियमित परीक्षामा बाधा नपरी पेन डाउन गरी यस क्याम्पस अन्तर्गतका पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य बन्द गरिने र अन्य सशक्त संघर्षका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन
-
आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
-
पोखरा बेलुन विस्फोट घटना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार