गायक तामाङको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त
बुधबार, २० असार २०८०, १७ : ०१

काठमाडौँ । चर्चित ‘रकस्टार’ तथा अभिनेता रबिन तामाङको असामयिक निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । तामाङको मंगलबार राति आफ्नै निवासमा निधन भएको थियो ।
कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै पार्टी तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको जनाएका हुन् ।
‘‘दम मारो दम’, ‘केटा केटी’, ‘कल्पना’, ‘वीरताको चिनो’, ‘मेरो माया’ जस्ता चर्चित गीत मार्फत नेपाली ‘रक–पप’ सङ्गीतलाई पहिचान र उचाईमा पुर्याउन उहाँले महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँको निधनबाट नेपाली ‘रक–पप’ सङ्गीतको क्षेत्रमा ठूलो क्षति पुगेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला