चालक अनुमति पत्रको राजस्व तिर्न विद्युतीय भुक्तानीको शुभारम्भ

काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको शुभारम्भ गरेको छ ।
बुधबार सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाहको औंपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले सो सेवालाई एक महिना भित्रै देशव्यापी रूपमा लागूगर्ने प्रतिबद्धता व्यक्त गरे ।
कास्की यातायात व्यवस्था कार्यालयबाट आजै सुरु गरिएको सो सेवा एक महिनाभित्र देशव्यापी रूपमा लागू गर्ने मन्त्री ज्वालाले बताए । उनले यातायात व्यवस्था विभागमा सेवाग्राहीले भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो सेवा शुभारम्भ गरेको पनि स्पष्ट पारे ।
मन्त्री ज्वालाले सो सेवालाई एक महिना भित्र देशव्यापी रूपमा लागू गराउने गरी आजैबाट सरकार क्रियाशील हुने पनि बताए । उनले सो सेवालाई देशव्यापी बनाउने काममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायहरुलाई परिचालन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा