एनआरएनए यूएईको अध्यक्षमा विकास शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई (नेपाल एसोसिएसन)को अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
यूएईको दुबईमा केही पत्रकारहरुसँग कुरा गर्दै शाहीले यही जुलाई ३० मा हुने अधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए यूएईको कार्यसमितिमा रहँदा वा नरहँदा नेपाली समाजको हितका लागि गरेको कामको मूल्यांकन गर्दै आफूलाई सर्वसम्मत अध्यक्ष बनाइनुपर्ने शाहीले बताए । त्यसका लागि सकारात्मक माहोल बनिरहेको उनको दाबी छ ।
शाहीले भने, ‘म २०१९–०२१ मा कोषाध्यक्ष हुँदै २०२१–०२३ को उपाध्यक्ष छु । मैले हरेक एनआरएनए मुभमेन्टमा सक्रियतापूर्वक काम गरिरहेको छु। विश्वास छ, सबैले यो पटक पनि साथ दिनुहुनेछ ।’
उनले संघको पारदर्शिता आफ्नो पहिलो एजेण्डा रहेको बताए । श्रमिकसम्म एनआरएनएको पहुँच बढाउने, दूतावाससहितका सरकारी निकायसँग आवश्यक समन्वय गर्ने, यहाँका स्थानीय संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने लगायत योजना पनि उनले बताए ।
यसबाहेक कोरोना महामारीका क्रममा नेपाली श्रमिकको उद्दार, राहत र व्यवस्थापनमा आफूले खेलेको भूमिकाको पनि मूल्यांकन हुने उनले विश्वास व्यक्त गरे ।
यूएईको नेपाली समुदायमा मिलनसार र सबैलाई मिलाएर जाने व्यक्ति भनेर परिचित शाहीले आफू नेतृत्वमा पुगेपछि सोही मर्मका साथ अघि बढ्ने बताए । उनको यूएईमा क्रियाशील नेपाली समुदायका सबै संघसंस्थासँग राम्रो सम्बन्ध रहेको बताइएको छ ।
उनले भने, ‘मेरो सम्बन्ध सबै संघसंस्थासँग राम्रो छ । यही कारणले म निर्विरोध हुने सम्भावना पनि देखेको छु । अहिलेको अवस्थामा सबै ९० प्रतिशत भन्दा बढी एनआरएनएसँग सरोकार राख्ने व्यक्ति तथा संघ संस्थाहरुले साथ सहयोग गर्नुभएको छ । आशा छ, म निर्विरोध हुनेछु ।’
कास्कीका शाही १८ वर्षअघि यूएईमा आएका थिए । श्रमिकका रुपमा यूएई आएका उनी आफ्नो पौरखले पछि व्यवसायीका रुपमा दरिएका हुन् । यूएईमा उनका रेस्टुरेन्टलगायतका व्यवसाय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग