सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बाढी–पहिरो पीडितलाई सहयोग गर्न तयारी अवस्थामा रहनु : ओली

बुधबार, २० असार २०८०, १० : ३१
बुधबार, २० असार २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । 

‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्, पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’

बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषयमा पनि ओलीले सरकारको ध्यानाकर्षण गराएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप