लुम्बिनी प्रदेश : एमालेको व्यवहार प्रति सत्ता पक्षका सांसदहरूले आपत्ति

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देखाएको व्यवहार प्रति सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा एमालेले बजेट किताब च्यातेर नाराबाजी गर्दै संसदबाट बाहिरिएको थियो ।
संसदबाट बाहिर आएलगत्तै पत्रकार सम्मेलन गर्दै एमालेले सत्ता पक्ष पेलेर अगाडि बढेको भन्दै यथास्थितिमा संसद् बैठकमा भाग नलिने बताएको छ ।
संसद् बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरूले एमालेले बजेट किताब च्यातेर संसदीय मर्यादा उल्लंघन गरेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसकी सचेतक निमा गिरीले बजेट किताब च्यातेर नाराबाजी गर्नु संसदीय मर्यादा विपरीत भएको टिप्पणी गरेकी छन् । उनले एमालेले माफी माग्नुपर्ने बताइन् ।
यस्तै सांसद सन्जु कुमारी चौधरी , तारा थापा , दिल कुमारी बुढाले बजेट पास गर्न आग्रह गरेका छन् ।
प्रदेशसभा बैठकमा सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयका विभिन्न शीर्षकमाथि समूहगत रुपमा छलफल सकिएको छ । अव विषयगत मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका केही भागहरूमा अत्यधिक गर्मीको चेतावनी
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
-
उपमहासचिवपछि वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि छाडे प्रभु साहको साथ
-
एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु